• ८ वैशाख २०८१, शनिबार

रामेछापमा गठबन्धनको अग्रता

blog

नवराज श्रेष्ठ

रामेछाप, मङ्सिर ७ गते । रामेछापमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना भइरहेको छ । एक प्रतिनिधि सभा सदस्य र दुई प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनमा अहिले प्रदेश सभा सदस्य १ को मतगणना जारी छ । 

अहिलेसम्म प्रतिनिधि सभा सदस्यका लागि खसेको ९ हजार ९१४ मतगणना हुँदा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) ले पाँच हजार ८८ मत प्राप्त गर्दै अग्रता कायम राख्नुभएको छ भने नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेलले ३ हजार ३३३ मतका साथ पछ्याइरहनुभएको छ । राप्रपाका लालबहादुर घिसिङ चार सय ६७ मतकासाथ तेस्रो स्थानमा हुनुहुन्छ । 

यस्तै प्रदेशसभा सदस्य १ तर्फ नेकपा माओवादी केन्द्रका तारानारायण श्रेष्ठले तीन हजार ६७२ मतकासाथ आफ्नो अग्रता कायम राख्दा नेकपा एमालेका शान्ति प्रसाद पौडेलले तीन हजार चार सय ०६ मतका साथ पछ्याइरहनुभएको छ । राप्रपाका हिक्मतबहादुर सुनुवारले  एक हजार तीन सय ९५ प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ । 

एक लाख ८० हजार १०६ मतदाता रहेको रामेछापमा ८९ हजार ६२ मत खसेको छ ।