• १२ वैशाख २०८१, बुधबार

ताप्लेजुङमा एमालेका योगेशको प्रारम्भिक अग्रता

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर ६ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेदवार योगेशकुमार भट्टराईले सुरुवाती अग्रता लिनुभएको छ । भर्खरै सुरु भएको मतगणनामा नेकपा माओवादी केन्द्र) का प्रत्याशी खेलप्रसाद बुडाक्षेत्रीलाई पछि पार्दै भट्टराईले अग्रता लिनुभएको हो ।

जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला र सोही वडाको याङ्मा मतदान केन्द्रको कुल १०९ मत गणना हुँदा भट्टराईले ६८ र बुडाक्षेत्रीले ३३ मत पाउनुभएको छ ।

यस्तै, जनता समाजवादी पार्टी नेपालका चन्द्र मादेनले २, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामबहादुर कार्कीले २, लोकतान्त्रिक समाजवादी पार्टीका चैतन्य केदेमले एक मत प्राप्त गर्नुभएको छ । 

उक्त मत गणना गर्दा चार मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको मतगणना सुरु भएको हो । मतगणना मङ्गलबार अपराह्न ४ :२० बजेदेखि सुरु भएको हो ।