• १६ चैत २०८०, शुक्रबार

पाँचथरमा रोचक प्रतिस्पर्धा, कांग्रेस ३२ मतले अगाडि : प्रदेशसभामा गठबन्धनको अग्रता

blog

नेपाली कांग्रेसका भीष्मराज आङदेम्बे । फाइल तस्बिर

राधा लुइटेल

फिदिम, मङसिर ६ गते। पाँचथरको प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका भिष्मराज आङदेम्बेले अग्रता लिनुभएको छ । आङदेम्बेले नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङलाई ३२ मतले पछाडि पार्नुभएको हो । 

पछिल्लो मत परिणाम अनुसार नेम्वाङको ३१७४ मत प्राप्त भएको छ भने आङदेम्बेले ३२०६ मत प्राप्त भएको छ। यसअघि आङदेम्बेलाई  नेम्वाङले १३ मतले पछाडि पार्नुभएको थियो।

यस्तै जिल्लाको प्रदेशसभा (ख) मा  नेकप (माओवादी केन्द्र)का इन्द्रबहादुर आङ्बाेकाे अग्रता कायम छ। उहाँले ३८९० मत प्राप्त गर्दा एमालेका अइन्द्रसुन्दर नेम्वाङले ३२८२ मत प्राप्त गर्नुभएको छ। 

प्रदेससभा (क)मा नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जवेगु अगाडि हुनुहुन्छ। जवेगुले ३६१७ मत पाउँदा एमालेका राजकुमार भण्डारीले ३२५६ मत पाउनुभएको छ।