तिब्बतसँगको कारोबारबाट फाइदा लिँदै हुम्ली

सिमकोट, भदौ २९ गते । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका नेपालका दुुई जिल्लामध्ये एक हुुम्ला जिल्ला उत्तरी चीनसँग नाका जोडिएकै कारण विशिष्टकृत फाइदा प्राप्त गर्दै आएको छ । परम्परागत रूपमा हुुम्लीले चीनको पुुराङ काउण्टीको ताक्लाकोट आसपासका क्षेत्रमा निर्वाध रूपमा व्यापार व्यवसाय गर्न पाउँदा नेपालका अन्य नाकामा कतै नभएको विशिष्टीकृत फाइदा हुुम्लाका जनताले पाउँदै आएका हुन् । 

नेपाल–चीनको सिमाना हिल्सा नाकाबाट पवित्र धार्मिकस्थल मानसरोवर कैलाश सबैभन्दा छोटो रुटमा पर्ने र सिमकोट हुुँदै धार्मिक पर्यटक भित्रिने भएको हुुँदा पहिलो फाइदा हुुम्लीले पर्यटन क्षेत्रबाट पाएको हुुम्ला जिल्लाका सांसद एवं पूर्व पर्यटन मन्त्री जीवनबहादुुर शाही बताउनुुहुन्छ । गत तीन वर्षअघिको भूकम्पपछि तातोपानी नाका बन्द भएसँगै सिमकोट–हिल्सा मानसरोवर कैलाश जाने धार्मिक यात्रुका लागि प्रमुख ‘रुट’ का रूपमा स्थापित भएको छ । त्यसपछि लगातार बढेको भारतीय पर्यटकहरूको सङ्ख्या यो वर्ष १२ हजारभन्दा बढी पुुगेकोले सिमकोट र हिल्साका होटेल व्यवसायी, टुुर अप्रेटर र भरिया आदिले थप काम पाएर प्रतिहोटल कम्तीमा छ लाखदेखि बढीमा ८० लाखसम्म अतिरिक्त आम्दानी गर्न सफल भएको होटल व्यवसायी बताउँछन् ।
हाल हिल्सा तथा सिमकोटमा ठूला साना गरेर १८ वटा होटल रहेका छन् । बाटो राम्रो नभएको र अबको केही समयमा राज्यले बाटो निर्माणमा ध्यान दियो भने अन्तर्राष्ट्रिय पर्यटनको विकास गर्न सकिने प्रचुर सम्भावना आफूले देखेको पूर्वमन्त्री शाहीले बताउनुुभयो । अहिले पनि हुुम्लीले नुुनदेखि लत्ता कपडासम्म सबै चीनवाटै ल्याउनुु पर्ने छँदैछ, अर्कोतर्फ यदि हिल्सा नाका नभएको भए हालसम्म राष्ट्रिय सडक सञ्जाल नजोडिएको हुुम्लाका जनतालाई बाँच्न पनि सजिलो नहुने पूर्वमन्त्री शाहीले बताउनुुभयो । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरले पूर्णता पाए यसबाट ५, ६ र ७ नम्बर प्रदेशले प्रशस्त फाइदा लिने र व्यापार व्यवसाय पनि भारतको दिल्ली र पाकिस्तानसम्म झाङ्गिने उहाँले बताउनुुभयो । हाल केही मात्रामा निकासी भइरहेको हुुम्लाको मूल्यवान जडीबुुटी पनि सिमकोट हिल्सा सडक खण्डको साढे छ किलो मिटर बाटोको ट्रयाक खोल्ने कार्यसँगै गति लिने स्थानीयको बुझाइ छ ।
हिल्सा नाका जोडिएकै कारण हुुम्लाका जनताले दैनिक उपभोग्य सामग्री (खाद्यान्न, नुुन, तेल) निर्माण सामग्री सिमेन्ट, छड, जस्तापाता, इन्धन, विद्यालय सहयोगका लागि खाद्यान्न, स्टेसनरी, भेडा च्याङ्ग्रा सहज रूपमा उपलब्ध भइरहेको प्रमुुख जिल्ला अधिकारी धनप्रसाद शर्मा पौडेलले बताउनुुभयो तर गत कात्तिकदेखि बन्द रहेको भन्सार कार्यालय पुनः सञ्चालनमा आउन नसक्दा उक्त नाकाबाट के कति रकम बराबरको व्यापार भयो भन्ने तथ्याङ्क उपलब्ध हुन सकेन ।
देशका अन्य कुुनै पनि नाकामा नभएको स्थानीय प्रशासनबाट उपलब्ध भएको सीमा पासबाट हुुम्लीले सीमाको ३० किलो मिटरसम्मको दूरीमा व्यापार व्यवसाय सञ्चालन गर्न पाउनुु हुुम्लीले परम्परादेखि नै पाएको विशिष्टीकृृत सुुविधा भएको प्रजिअ शर्माले बताउनुुभयो । यसअघि हुुम्लीका लागि मानसरोवर कैशाल दर्शन गर्न नपाउने नियम बनाएको चीनले केही समय अगाडि भएको द्विपक्षीय सीमा वार्तापछि प्रशासनको सिफारिसमा तीन सय हुुम्लीले मानसरोवर कैलाशको दर्शन गर्न पाएको, दुुई देशको सिमानामा दुुवै देशको सुुरक्षा निकाय सम्मिलित कमान्ड पोस्ट खडा गर्ने प्रक्रिया अगाडि बढेको, चिनियाँ सुुरक्षाकर्माीले सीमाका सुुरक्षाकर्मीलाई खाद्यान्न, स्टेसनरी, कम्प्युुटर र फर्निचर सहयोग उपलब्ध गराएको उहाँले बताउनुुभयो । अर्को चीनसँगको सिमाना जोडिएका जिल्लालाई चीन सरकारबाट उपलब्ध हुुँदै आएको वस्तुुगत सहयोगका रूपमा जिल्लाका सिमाना जोडिएको गाउँपालिकाका वडाका विद्यालयलाई जस्तापाता तथा अन्य निर्माण सामग्री पनि सहयोगस्वरूप उपलब्ध हुुँदै आएको प्रजिअ शर्माले बताउनुुभयो ।
भूकम्पको कारण तातोपानी नाका बन्दपछिका तीन वर्ष यता हिल्सा नाकाबाट मानसरोवर कैलाश जाने भारतीय धार्मिक पर्यटकहरूको सङ्ख्या बर्सेनि वृृद्धि भइरहेको नेपाली काँग्रेसका सभापति जयपति रोकायाले बताउनुुभयो । यसबाट सिमकोट हिल्सामा डेढ दर्जन होटेल सञ्चालनमा आएका, होटेलमा सयौँ हुम्लीले रोजगारी पाएका, हुुम्लामा उत्पादन भएको तरकारी खपत भएको, सिमकोटमा अन्य व्यापारिक कारोबार पनि बढेको सभापति रोकायाले बताउनुुभयो ।
जिल्ला समन्वय समिति र सिमकोट गाउँपालिकाले एक करोड ३० लाखभन्दा बढी पर्यटक शुुल्क उठाउन सफल भएको उहाँले जानकारी पनि दिनुभयो । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको विशाल देश चीनसँगको सिमाना जोडिएको धार्मिक पर्यटनबाट हुुम्लीले हाल केही फाइदा लिन पाएको नेकपा एमालेमा अध्यक्ष दल रावलले बताउनुुभयो । आगामी दिनमा पनि द्विपक्षीय वार्ताद्वारा हुुम्लाले मात्र होइन छ नम्बर प्रदेश र सिङ्गो राज्यले नै आर्थिक तथा भौतिक फाइदा लिन सक्ने उहाँले बताउनुुभयो । हाल जिल्लाको नाम्खा गाउँपालिका त पूर्ण रूपमा चिनियाँ सामानप्रति नै निर्भर रहँदै आएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds