• ८ वैशाख २०८१, शनिबार

ओखलढुङ्गामा कांग्रेसका रामहरि अगाडि

blog

काठमाडौं, मङ्सिर ६ गते । ओखलढुङ्गा जिल्लाको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले पाँच हजार ९४९  मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ ।

उहाँका निकटतम प्रतिस्पर्धा नेकपा (एमाले) का उम्मेदवार यज्ञराज सुनुवारले पाँच हजार २२१ मत प्राप्त गर्नुभएको जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुङ्गाले दिएको छ ।

प्रदेश सभातर्फ क्षेत्र नं. (क) मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप सुनुवार अगाडि हुनुहुन्छ । उहाँले नौ हजार ७३७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अमीरबाबु गुरुङले आठ हजार ५१५ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, प्रदेश (ख) तर्फ नेकपा (माओवादी) का उम्मेदवार बाबुराम गौतमले अग्रता लिनुभएको छ । उहाँले आठ हजार २४६ मत प्राप्त मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का ज्ञानबहादुर खड्काले आठ हजार २४६ मत प्राप्त मत प्राप्त गर्नुभएको छ ।