प्रदेश २ मा भोलिदेखि परिचयपत्र वितरण

काठमाडौंँ, भदौ २९ गते ।  निर्वाचन आयोगले तेस्रो चरणमा प्रदेश नं. २ का आठ जिल्ला हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुने मतदाताहरूलाई भदौ ३० देखि असोज १ सम्म तीन दिन मतदाता परिचय वितरण गर्ने भएको छ । असोज २ गते हुने निर्वाचनमा २६ लाख ६४ हजार ७९२ मतदाताले मताधिकारको प्रयोग गर्दैछन् । 

आयोगका प्रवक्ता नवराज ढकालले आयोगले सदर मत प्रतिशत बढाउन तथा बदर मत सङ्ख्या घटाउन मतदातालाई सही तवरले मत सङ्केत कसरी गर्ने भन्ने विषयमा ज्ञान दिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । आयोगले हरेक मतदान केन्द्रमा मतदाताले आफ्नो परिचयपत्र लिन आउँदा निर्वाचन आयोगले खटाएका कर्मचारीहरूले मतदातालाई मत सङ्केत कसरी सही तरिकाले गर्ने भन्ने सम्बन्धमा सिकाउने व्यवस्था मिलाइएको पनि आयोगले जनाएको छ ।
प्रवक्ता ढकालले निर्वाचन शिक्षालाई व्यापक तुल्याउन प्रदेश २ मा  निर्वाचन शिक्षाका लागि तीन हजार ५०० भन्दा बढी मतदाता शिक्षा कार्यकर्ता र स्वयम्सेविका परिचालन गरिएको बताउनुभयो । मतदाता शिक्षालाई थप प्रभावकारी तुल्याउन सडक नाटकलाई पनि जोड दिइएको छ । v id
स्थानीय भाषामा तयार पािरएका सामग्रीहरू स्थानीय सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण गरेर मतदाता शिक्षा प्रदान गर्ने र गैरसरकारी सङ्घ संस्थामार्फत् पनि यस पटकको निर्वाचन शिक्षा प्रदान व्यवस्था मिलाइएको छ । आयोगले १३६ वटा स्थानीय तहमा एक हजारभन्दा बढी स्थानमा नमुना मतदानको कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।
  तेस्रो चरणको स्थानीय तहको यस निर्वाचनबाट १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका विभिन्न पदमा ६ हजार ६२७ जना प्रतिनिधिको चयन हुने छ । प्रदेश २ का स्थानीय तहको विभिन्न पदमा ३७ हजारभन्दा  उम्मेदवारी परेको छ ।
प्रचार प्रसारमा बालबालिका प्रयोग नगर्न आग्रह
यसैबीच, प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आचारसंहिताको पालना गर्न राजनीतिक दल र उम्मेदवारले नमानेको तर पनि आयोगले पटक–पटक खबरदारी गर्न नछाड्ने बताउनुभएको छ । उहाँले निर्वाचनको प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न दलहरूसँग आग्रह पनि गर्नुभयो ।
 स्थानीय तहको निर्वाचनको पर्यवेक्षण गर्दै आएको आम निर्वाचन पर्यवेक्षक समिति र राष्ट्रिय निर्वाचन पर्यवेक्षक समितिका पदाधिकारसँगको छलफलमा बुधबार उहाँले भन्न्ुभयो, ‘‘हामीकहाँ राजनीतिक संस्कार र प्रजातान्त्रिक संस्कारको खट्किएको छ । ’’ आयुक्त डा. यादवले भन्नुभयो, ‘‘स्वच्छ, स्वतन्त्र निर्वाचनका लागि राम्रो वातावरण बनाउनुपर्छ, त्यसका लागि आयोगले पार्टीका उच्चस्तरका नेतालाई स्पष्टीकरण सोध्ने र निर्देशन दिने काम गरिसकेको छ । ’’
 पाँच वर्षकी बालिकालाई रङ्गीचङ्गी बनाएर प्रधानमन्त्री सरिक भएको कार्यक्रममा अग्रभागमा राखिनु त्यसभन्दा बढी आचारसंहिताको उल्लङ्घन के हुन सक्छ ? भन्दै प्रमुख निर्वाचन आयुक्त यादवले यस्ता कुराले राजनीति र लोकतन्त्रको अपमान हुनेतर्फ सबै पक्षले हेक्का गर्नुपर्ने बताउनुभयो ।
निर्वाचन आचारसंहिता उल्लङ्घनका कार्यलाई  नियन्त्रण गर्न आयोगले सम्पूर्ण संयन्त्र परिचालन गरेको जानकारी दिनुहुँदै राजनीतिक दल र उम्मेदवारलाई दिनहुँजसो चेतावनी दिए पनि, जति भने पनि आचारसंहिताको पालनाका विषयमा प्रश्न उठिरहेका छन् भन्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना