• १२ वैशाख २०८१, बुधबार

जाजरकोटमा बस्नेतको अग्रता, आचार्यले पछ्याउँदै

blog

प्रदेश तथा प्रतिनिधि सभाको मतगणना हुँदै । तस्बिर : वासुदेव शर्मा

वासुदेव शर्मा  

जाजरकोट, मङ्सिर ६ गते । प्रदेश सभा तथा प्रतिनिधि सभाको मतगणना जारी छ । सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले अग्रता कायम गर्नुभएको छ  ।  

प्रतिनिधि सभातर्फ ७ हजार ५०४ मत गणना हुँदा बाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्न्तेले ४ हजार २५२ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का निरज आचार्यले २ हजार ७९०  मत प्राप्त गर्नुभएको छ ।

प्रदेश सभा (क) तर्फ मतगणना हुँदा कांग्रेसका वेदराज सिंहले ७ हजार ३० एमालेका डम्बरबहादुर सिंहले ४ हजार १२२ र स्वतन्त्र उम्मेदवार कमान खडकाले २९६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत केशव चपाईले बताउनुभयो ।

त्यसैगरी, प्रदेश सभा (ख) तर्फ मतगणना हुँदा कांग्रेसका राजीवविक्रम शाहले ७ हजार ५८ मत प्राप्त गर्नुभएको छ । एमालेका खिमबहादुर शाहीले ५ हजार १६९ मत प्राप्त गर्नुभएको छ । 

प्रतिनिधि सभातर्फ जुनीचाँदे गाउँपालिकाबाट मतगणना सम्पन्न भएको छ । प्रदेश सभा (क) तर्फ बारेकोट गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । प्रदेश सभा (ख) तर्फ छेडागाड नगरपालिकाको मतगणना भएको मुख्य निर्वाचन अधिकृत केशव चपाईले जानकारी दिनुभयो । 

प्रतिनिधि सभामा एमालेका निरज आचार्यभन्दा शक्ति बस्नेत १ हजार ४६२ मतका साथ अग्रता कायम गर्नुभएको छ । प्रदेश सभा (क) मा कांग्रेसका सिंह २ हजार ९०८ मतका साथ अग्रता कायम गर्नुभएको छ । त्यसैगरी प्रदेश सभा (ख) मा शाहले १ हजार ८८९ मतका साथ अग्रता कायम गर्नुभएको छ ।

प्रतिनिधि सभातर्फ जुनीचाँदे गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । प्रदेश सभा (क) को बारेकोट सम्पन्न गरी नलगाड नगरपालिकाको मतगणना जारी छ । प्रदेश सभा (ख) को छेडागाड नगरपालिकाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत चपाईले बताउनुभयो ।