• ८ वैशाख २०८१, शनिबार

पाल्पाको प्रदेश सभामा कांग्रेस र एमाले अगाडि

blog

रेखीराम राना

पाल्पा, मङ्सिर ६ गते । पाल्पाका चार प्रदेश सभामध्ये दुई वटा प्रदेश सभातर्फको मतगणना भइरहेको छ । त्यसमध्ये प्रदेश सभा १(१)मा एमालेका राजुप्रसाद श्रेष्ठको अग्रता कायम गरिएको छ ।

श्रेष्ठले तीन हजार ४७६ मत पाउनुभएको छ । यस्तै कांग्रेसका श्यामकान्त खनालले भने एक हजार ५५० मत पाउनुभएको छ । प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा २(१)मा नेपाली कांग्रेसका वीरबहादुर रानाले अग्रता लिनुभएको छ ।

रानाले ४ हजार १३५ प्राप्त गर्नुभएको छ । यस्तै एमालेका पर्शुराम भट्टराईले तीन हजार ५०४ मत पाउनुभएको छ । अन्य दुई वटा प्रदेश सभाको मतगणना हुनै बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय तानसेनले जनाएको छ ।