• ७ वैशाख २०८१, शुक्रबार

जुम्ला (क) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाहीको अग्रता

blog

नेत्र शाही

जुम्ला, मङ्सिर ६ गते । जुम्ला प्रदेश सभा निर्वाचनमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १०६१२ मत गणना हुँदा देवेन्द्रबहादुर शाहीले ४ हजार ४१ मत ल्याएर अग्रस्थानमा छन् । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाहीले मत दुई  हजार ९९९ मत ल्याएका छन् ।

त्यस्तै, नेकपा एमालेका धिरेन्द्रराज गिरीले दुई हजार ५९३ मत ल्याएका छन् । यसैगरी, नेमकिपाका राजेश्वर देवकोटाले २९६ मत ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतले जनाएका छन् ।