• १३ वैशाख २०८१, बिहिबार

भक्तपुर १ (क) मा कांग्रेस अगाडि

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर ६ गते । प्रदेश सभा सदस्यकाे निर्वाचन क्षेत्र नम्बर १ (क) भक्तपुरमा नेपाली कांग्रेस अगाडि छ । मङ्गलबार दिउँसो १ बजेर ५० मिनेटसम्म कांग्रेसका उम्मेदवार सुरेश श्रेष्ठले सात हजार २५६ मत ल्याएर अग्रता लिनुभएको हो ।

नेकपा एमालेका उम्मेदवार मोहनवीर श्रेष्ठ छ हजार २४१ मतसहित सुरेश श्रेष्ठलाई पछ्याउँदै हुनुहुन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजु कुइँकेलले चार हजार १३१ मत, नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटाले तीन हजार ५८८ मत, स्वतन्त्रका श्रीभक्त काशिछवाले छ सय ९४ मत ल्याउनुभएको छ ।