• ७ वैशाख २०८१, शुक्रबार

पूर्वी नवलपरासी क्षेत्र १ र २ मा कांग्रेसको अग्रता

blog

मीना कँडेल

कावासोती, मङसिर ६ गते । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत पूर्वी नवलपरासीमा क्षेत्र नं १ र २ मा गठबन्धनबाट नेपाली कांग्रेसको अग्रता कायम छ । क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा. शशाङ्कले छ हजार १३५ ल्याउँदा नेकपा एमालेका उम्मेदवार कृष्ण पौडेलले चार हजार ४४४ मत ल्याउनुभएको छ । दुई उम्मेदवारबीचको मतान्तर एक हजार ६८९ रहेको छ । 

यस्तै प्रदेशसभा (क) मा गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका महेन्द्रध्वज जिसीले  चार हजार ९५४ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका रवीन्द्र अधिकारीले चार हजार ४५२ मत प्राप्त गर्नुभएको छ । उहाँहरुबीचको मतान्तर ५०२ छ । प्रदेशसभा (ख) मा गठबन्धनबाट माओवादीका लोकप्रसाद भुर्तेल अगाडि छ । उहाँले तीन हजार ६८३ मत ल्याउँदा उहाँका प्रतिष्पर्धी नेकपा एमालेका रोशनबहादुर गाहाले तीन हजार १८८ मत ल्याउनुभएको छ । उहाँहरुबीचको मतान्तर ४९५ छ ।

यसैबीच, पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रतिनिधि सभामा नेपाली विष्णुकुमार कार्कीको आठ हजार २०६ , एमालेका तिलबहादुर महतले सात हजार २९० मत ल्याउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका शालिकराम न्यौपानेले २९१ मत पाएका छन । राप्रपाका विष्णुप्रसाद शर्माले ४० मत ल्याएका छन् । हुप्सेकोट गाउपालिकाको वडा नम्बर ३ र ६ को मत गणना सकिएको छ । 

प्रदेश क र ख मा एमालेको अग्रता

क्षेत्र २ प्रदेश १ मा एमालेकी पद्मा जिसि श्रेष्ठले आठ हजार ११९ नेकपा माओवादी केन्द्र सौगमकुमार श्रीपाली ६ हजार ३७७ मत ल्याउनुभएको छ । त्यसैगरी, प्रदेश ख मा एमालेका लक्ष्मण पाण्डेले नौ हजार ३०३, नेकपा एकीकृत समाजवादीका डा. गोपाल खनालले सात हजार १५६ मत ल्याउनुभएको छ ।  त्यहाँ ८५ हजार ३९९ मत खसेको हो ।