• ११ वैशाख २०८१, मङ्गलबार

काठमाडौं १० मा कांग्रेसका केसीको अग्रता

blog

गाेरखापत्र अनलाइन 

काठमाडौं, मङ्सिर ६ गते । काठमाडौं निर्वाचन क्षेत्र नं १० मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्रकुमार केसीले अग्रता लिनुभएको छ । 

उहाँले एक हजार ९०५ मत अन्तरले अग्रता लिनुभएको हो । केसीको छ हजार ३६  मत प्राप्त हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टको चार हजार १३१ मत छ ।

त्यसैगरी नेकपा एमालेका हिमेश केसीले तीन हजार ६०२ मत प्राप्त गर्नुभएको छ भने नेकपा माओवादी केन्द्रकी अन्जना विशंखेले दुई हजार २०४ मत प्राप्त गर्नुभएको छ ।