• १६ चैत २०८०, शुक्रबार

भक्तपुर २ मा कांग्रेसकै अग्रता

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर ६ गते । भक्तपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस अगाडि छ । मङ्गलबार दिउँसो १ बजेर ५० मिनेटसम्म नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले १४ हजार ९६ मतसहित अगाडि हुनुहुन्छ।

नेकपा एमालेका महेश बस्नेत १३ हजार ४३ मतसहित थापालाई पछ्याउँदै हुनुहुन्छ । निर्वाचन अधिकृत लोकनाथ पराजुलीका अनुसार भक्तपुर २ मा सोमबार बिहान ८ बजेदेखि मतगणना हुँदैछ ।