• १६ चैत २०८०, शुक्रबार

कालिकोटमा मतगणना सुरु

blog

मतगणना शुरू ।

रमेशकुमार बोगटी

कालीकोट, मङ्सिर ६ गते । एक निर्वाचन क्षेत्र रहेको कालिकोटको मतगणना सुरु भएको छ।

मङ्गलबार बिहान आठ बजे बसेको सर्वदलीय बैठकपश्चात् मतगणना २ बजेदेखि सुरु भएकाे छ।

दुई प्रदेश सभा सदस्य रहेको कालीकोटमा प्रदेश सभा क बाट मतगणना सुरु गरिएको छ ।

जिल्ला समन्वय समितिको भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना जारी छ ।

भौगोलिक रूपमा पनि विकट भएकाले जिल्लाको पचालझराना, पलाता गाउँपालिका र रास्कोट नगरपालिकाको मतपेटिका सोमबार साँझ मात्रै सदरमुकाम मान्म पुगेकाले मतगणनामा ढिलाइ भएको हाे ।