• १६ चैत २०८०, शुक्रबार

काठमाडौं २ को प्रदेश (क) मा राप्रपाका केसी विजयी

blog

काठमाडाैं, मङ्सिर ६ गते । काठमाडौं क्षेत्र नं. २ को प्रदेशसभा (क)मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सुनील केसी विजयी हुनुएको छ । केसीले एक हजार ५१९ मत अन्तरले विजयी हुनुभएको हो ।

राप्रपाका केसीले छ हजार ५९८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत विमला रेग्मीले जानकारी दिनुभयो । साथै उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का सानुकुमार श्रेष्ठले पाँच हजार ७९ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।