• १६ चैत २०८०, शुक्रबार

मोरङ ५ मा स्वतन्त्र उमेदवार मण्डलको अग्रता

blog

धिरज दाहाल 

विराटनगर, मङ्सिर ६ गते । मोरङको निर्वाचन क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता लिनुभएको छ । मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार मण्डलले ६ हजार २८१ मतका साथ अग्रता लिनुभएको छ ।  

यो समाचार तयार पार्दासम्म वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार शिवकुमार मण्डलले ४ हजार २९४ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । त्यसैगरी जसपा उम्मेदवार राजकुमार यादवले ३ हजार ९७२ मत पाउनुभएको छ । 

मुलुकका अन्य निर्वाचन क्षेत्रमा लोकप्रियता हासिल गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको मोरङमा भने कमजोर उपस्थिति देखिएको छ ।