• १४ वैशाख २०८१, शुक्रबार

डडेल्धुरामा प्रधानमन्त्री देउवा ४५ सय मतले अगाडि

blog

पुष्कर भण्डारी
डडेल्धुरा, मङ्सिर ६ गते ।
डडेल्धुरा जिल्लाको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चार हजार ५८० मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ । अहिलेसम्म १९ हजार ५९६ मत गणना हुँदा उहाँले नौ हजार ७७३ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले पाँच हजार १९३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले दुई हजार ६९४ मत पाउनुभएको छ । मल्ललाई नेकपा (एमाले) को समर्थन छ ।