• १५ चैत २०८०, बिहिबार

गाेरखा २ मा प्रचण्डकाे अग्रता, निकटतमभन्दा पाँचहजार १२८ मत बढी

blog

गाेरखापत्र अनलाइन 

गाेरखा, मङ्सिर ६ गते । प्रतिनिधिसभा सदस्यकाे लागि भएकाे निर्वाचनमा गाेरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल (प्रचण्ड)ले सात हजार ५७ मतसहित प्राप्त गर्नुभएकाे छ । 

उहाँका निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीकाे भन्दा पाँचहजार १२८ मत बढी छ ।

बुर्लाकाेटीले एकहजार ९२९ मत पाउनुभएकाे छ ।  यस्तै, नेकपा एमालेका अब्दुस सलाम मियाँले एकहजार ६७६ मत लिनुभएकाे छ ।

साेही क्षेत्रबाट मङ्गोल नेसनल अर्गनाइजेसनका सोमबहादुर गुरुङले ३९२ र राप्रपाका सुशील पन्तले २३१ प्राप्त गर्नुभएकाे छ । १२ हजार २१७  वटा मत गणना गर्दा ६०५ मत बदर भएकाे छ ।