• ८ वैशाख २०८१, शनिबार

सप्तरी २ को दुवै प्रदेशसभामा जनमत विजयी

blog

ललिता साह 

सप्तरी, मङ्सिर ६ गते । सप्तरी २ को दुईवटै प्रदेशसभातर्फ जनमत पार्टीका उम्मेदवारले आफ्नो जीत सुनिश्चित गर्दै जनमत पार्टीले सप्तरीबाट आफ्नो खाता खोलेका छन् ।

क्षेत्र नम्बर २ को दुवै प्रदेशसभामा जनमतका सतिष कुमार सिंहले १३ हजार आठ सय छ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी र एमाले तालमेलमा चुनाव लडेका शैलेन्द्रप्रसाद साहले छ हजार चार सय १८ मत ल्याउनु भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । 

सप्तरी २ को (ख) तर्फ जनमतकै महेश प्रसाद यादवले १३ हजार तीन सय २३ मत ल्याएर विजय प्राप्त गरेका हुन् ।उहाँको प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धन दलमा रहेको नेकपा माओवादीका उमेश कुमार यादवले सात हजार  २३ मत प्राप्त गर्नुभएको छ