• ८ वैशाख २०८१, शनिबार

धनुषा-४ को मतगणना सुरु

blog

मतगणना स्थल धनुषाको महेन्द्रनगर । तस्विर : विजयकुमार साह ।

विजयकुमार साह 

ढल्केवर, मङसिर ६ गते । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ । मतगणनामा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बस्न पाउने वा नपाउने विषयमा उत्पन्न विवाद टुङ्गो लागेपछि मतगणना सुरु भएको हो । 

मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपेटिका मतगणनास्थल क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित क्षीरेश्वर माध्यमिक विद्यालयमा सोही राती ल्याइएको भएपनि स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि मतगणनामा बस्न पाउने वा नपाउने विषयमा विवाद चुलिएको थियो । 

धनुषा-४ का निर्वाचन अधिकृत सुदिपकुमार दङ्गालले निर्वाचन आचारसंहिता पनि यस विषयमा स्पष्ट उल्लेख नभएकाले जानकारीका लागि निर्वाचन आयोगमा पत्राचार गरिएको बताउनुभयो । 

"पत्रको जवाफ आइसकेको छैन । यता मतगणनामा ढिलाइ भइरहेकाले सर्वदलीय सहमतिमा मतगणना सुरु गरिएको छ । पत्रको जवाफ आएपछि सोही बमोजिम कार्यान्वयन गरिने छ, तत्काललाई निर्वाचित जनप्रतिनिधिलाई मतगणना उपस्थिति गराइएको छैन," उहाँले भन्नुभयो । 

धनुषा  निर्वाचन क्षेत्र नं. ४ मा एक लाख १७ हजार १९५ मतदाता रहेको छ । जसमध्ये ८० हजार ३७६ मत खसेको छ । 

यस्तै, गणना चार स्थानबाट आरम्भ गरिएको छ । धनुषा-४ अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ को मतपेटिका खोलिएको निर्वाचन अधिकृतको कार्यालय महेन्द्रनगरले जानकारी दिएको छ ।