क्यान्सर रोग पीडित राजवंशीलाई सहयोग

 

भद्रपुर, भदौ २८ गते । क्यान्सर रोग पीडित झापा हल्दीबारी–३ चिया बगान निवासी धनसरी राजवंशीलाई हल्दीबारी गाउँपालिका–४ जलथल बस्ने सिग्मा इंलिस स्कुल, हल्दीबारीका शिक्षक गोपाल गौतमले आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

विगत एक वर्षदेखि पाठेघरको क्यान्सर पीडित चिया मजदुर राजवंशीलाई गौतमकै नेतृत्वमा विर्तामोडस्थित बाल्मिकी एजुकेशन, क्योनरी एकाडेमी र सिग्मा स्कुलका विद्यार्थी भाइबैनीद्वारा संकलित रु १५ हजार २६० नगद सहयोग गरेको पीडित राजवंशीका श्रीमान् नेत्र राजवंशीले जानकारी दिनुभयो ।

स्थानीय गाउँलेले समेत आर्थिक सहयोग गर्दै आएका छन् भने सबै संघसंस्थाले आर्थिक सहयोग गरी श्रीमतीलाई बचाइ दिन नेत्र राजवंशीले सबैसँग अपिल गरेका छन् । रासस

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds