• १२ वैशाख २०८१, बुधबार

दाङमा सङ्घ र प्रदेशमा गठबन्धनकै अग्रता

blog

गोकर्ण पौडेल

तुलसीपुर, मङ्सिर ६ गते । दाङ जिल्लाको तीन वटै सङ्घीय क्षेत्रमा गठबन्धन दलका उम्मेदवारहरूको अग्रता रहेको छ । क्षेत्र नम्बर ३ मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीले अग्रता कायम गर्नुभएको छ ।

गिरीले पछिल्लो मत परिणामअनुसार तीन हजार चार सय ६० मत प्राप्त गर्नुभएको छ भने उहाँको प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार कोमल वलीले दुई हजार नौ सय २९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले एक हजार दुई सय ९३ मत प्राप्त गर्नुभएको छ । 

यस क्षेत्रमा अहिलेसम्म आठ हजार पाँच सय १४ मत गणना भएको छ । कूल मत ९० हजार एक सय पचास मत खसेको थियो । प्रदेश सभातर्फ ख मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका धनबहादुर मास्केले अग्रता कायम गर्नुभएको छ ।

उहाँले पाँच हजार दुई सय ६४ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी नेकपा एमालेका हुकुमबहादुर बस्नेतले चार हजार नौ सय २२ मत प्राप्त गर्नुभएको छ । मतान्तर तीन सय ४२ रहेको छ । अहिलेसम्म ११ हजार आठ सय ६५ मत गणना भएको छ ।

प्रदेश सभा खमा आठ हजार नौ सय ७२ मत गणना हुँदा गठबन्धनतर्फबाट नेपाली काङ्ग्रेसका डिल्लीबहादुर चौधरीले चार हजार एक सय ४१ मत लिएर अग्रता कायम गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका घनश्याम पाण्डेले तीन हजार चार सय २७ मत प्राप्त गर्नुभएको छ । मतान्तर सात सय १४ रहेको छ । 

क्षेत्र नम्बर दुईमा समेत गठबन्धनकै अग्रता रहेको छ । गठबन्धनबाट माओवादी केन्द्रका रेखा शर्माले सात हजार पाँच सय ११ मत प्राप्त गर्नुभएको छ भने प्रतिस्पर्धी नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पाँच हजार नौ सय ३९ मत प्राप्त गर्नुभएको छ । मतान्तर एक हजार पाँच सय ७२ रहेको छ । यस क्षेत्रमा ७८ हजार ६ सय ९५ मत खसेको थियो ।