महिला सबलीकरणका पक्ष

namrata pandeडा. नम्रता पाण्डे

 


अहिले नेपालमा स्थानीय तहको निर्वाचन सम्पन्न भई विजयी पदाधिकारीले कार्यभारसमेत सम्हालिसकेको अवस्थामा निर्वाचित महिला प्रतिनिधिको सङ्ख्याले दक्षिण एसियाकै इतिहासमा सबैभन्दा धेरै अधिकार प्राप्त गरेको पुष्टि हुन्छ । निर्वाचित महिला प्रतिनिधिको सङ्ख्याले दक्षिण एसियाकै इतिहासमा सबैभन्दा धेरै अधिकार प्राप्त गरेको पुष्टि हुन्छ । ४० प्रतिशत महिला राजनीतिमा प्रत्यक्ष सहभागी भएका छन् । राजनीतिक सहभागिताले महिला उत्थानमा कस्तो प्रभाव पार्छ, त्यसको नतिजा त हेर्नै बाँकी छ तर यतिन्जेल प्रशासनिक, आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रलगायत सबै क्षेत्रमा महिला सहभागिता र पहुँचको बहस चलाइरहँदा यसपटक त संसद्ले नै विधेयक पारित गरेर स्थानीय तहको चुनावमा उठ्ने प्रमुख र उपप्रमुखमध्ये एक महिला अनिवार्य रूपमा हुनैपर्ने बाध्यकारी प्रावधानअनुरुप स्थानीय तहमा आफ्ना भूमिका निर्वाह गर्न महिलालाई मैदानमा उतारिएको हुनुपर्छ ।
नेपालको परिप्रेक्ष्यमा विकासको मापनलाई हेर्ने हो भने आर्थिक क्रान्ति अबको आवश्यकता हो । नेपाल सगरमाथाको देश, बुद्धको देश, प्राकृतिक सम्पदाले भरिपूर्ण देश भनेर मात्र विश्वका अरू राष्ट्रसँग तुलना गरेर पुग्दैन । राष्ट्रको उत्थान र विकास आर्थिक विकासमै भर पर्छ । आज हामी विकासोन्मुख राष्ट्रका नागरिक भनेर चिनिनुको पछाडि आर्थिक रूपमा हामी सबल छैनौँ, त्यसैले आधारभूत आवश्यकताबाट समेत हामी वञ्चित छौँ भन्ने इङ्गित गर्छ । राजधानी र सुगम जिल्लाको उदाहरण दिएर मात्र राष्ट्र विकासको मापन गर्न सकिन्न । हिमालदेखि पहाड र तराईका भूमिमा सडक, शिक्षा, स्वास्थ्य, खाद्यान्न, सञ्चार सुविधा पुग्न सके मात्र नेपालले आधारभूत रूपमा विकासको स्वाद चाख्न पाएको अनुभूति हुनेछ ।
हामीकहाँ प्रशस्त उद्योगधन्दा, कलकारखाना र व्यासायिक परिपाटी नहुँदा बर्सेनि लाखौँ युवा र महिला विदेशिनुपरेको तथ्य सबैसामु छर्लङ्ग छ । जबसम्म आर्थिक क्रान्तिमा शुरुवात हुँदैन, तबसम्म समस्या ज्यूँका त्यूँ रहने छन् । अब यस्ता व्यावसायिक काममा महिलालाई सशक्त रूपमा अगाडि बढाई जिम्मेवारी हस्तान्तरण गर्न सकेमात्र हिस्सा बराबरी र पाइला हाराहारीको उद्देश्यमा पुग्न सकिन्छ । अन्यथा दशकौँदेखि उठाउँदै आएको महिला उत्थान र सशक्तीकरणका नारा व्यर्थमा खेर जानेछ ।
मुस्ताङ जिल्ला घरपझोङ गाउँपालिका वडा नं. १, छइरोकी सुकुन रसाइली कक्षा ८ सम्मको अध्ययन गरेकी छन् । निर्वाहमुखी कृषि पेसा र सामान्य होटल व्यवसाय सञ्चालन गर्दै आएकी रसाइलीको परिवारमा आर्थिक समस्याले पिरोलेको थियो, त्यसैले उनका श्रीमान् खाडी मुलुक पसे । रोजगारीको लागि परम्परागत कृषि उत्पादन र होटल व्यवसाय संँगसँगै स्याउको मौसममा सुकुटी बनाई बिक्री वितरण गरी जीवन निर्वाह गर्दै आएकी थिइन् रसाइली । जब मुस्ताङ जिल्लामा नेपाल सरकार र एसियाली विकास बैङ्कको अनुदान सहयोगमा हिमाली आयोजना लागू भयो आयोजनालाई आवश्यक पर्ने कागजात सङ्कलन गरी मार्फा, फलफूल तथा तरकारी प्रशोधन उद्योगको नाममा व्यावसायिक योजना पेस गरी उपआयोजना लिन सफल भइन्, त्यसपछि व्यवस्थित रूपमा कृषकबाट व्यवसायी बनिन् ।
यो जिल्लाको एउटा उदाहरण मात्र हो । यसबाट लाभान्वित भएका महिला धेरै छन् । मुस्ताङजस्तो विकट हिमाली जिल्लामा उद्योग निर्माण गर्ने चाहना भए पनि आवश्यक सामग्रीबारे अनभिज्ञता र प्राविधिक ज्ञान नहुँदा उद्योेग स्थापनाको कार्य कष्टकर र जोखिमपूर्ण रहेको थियो तर पनि हिमाली आयोजनाले सीपमूलक तालिम, कृषि व्यवसाय व्यस्थापन तालिमलगायत व्यवसाय स्थापना गर्न आवश्यक अन्य कुरामा निरन्तर सहयोग गर्दै आयो । फलस्वरूप, मुस्ताङ जिल्लामा नै महिलाद्वारा सञ्चालित व्यवस्थित फलफूल तथा तरकारी प्रशोधन उद्योगको रूपमा विगत दुई वर्षदेखि सफलतापूर्वक सञ्चालन हुँदै आइरहेको छ ।
हिमाली आयोजनाबाट प्राप्त अनुदान सहयोग, उद्योगको व्यवस्थापनमा भण्डार गृह, फाइबर ड्रायर घर निर्माण, सौर्य तापीय गृह तथा सम्पूर्ण आवश्यक औजार उपकरण खरिद गर्नमा लगानी भएको छ । हाल उद्योगबाट स्याउको सुकुटी, स्याउकै क्यान्डी, जाम, जुस, अदुवाको जुस, खुर्पानीको सुकुटी, अदुवाको क्याण्डी, जिम्बु, फापरको पिठो, सिमिको दाल, आलु चिप्स, तथा अन्य विभिन्न कृषि वस्तु उत्पादन गरी बजारको मागअनुसार बिक्री गरिँदै आएको छ ।
मुक्तिनाथ जाने धार्मिक पर्यटकका लागि समेत फलफूल र त्यसबाट उत्पादित अन्य वस्तु उपयोगी भएकोले उत्पादित वस्तुले बजार पाउन गाह्रो भएको छैन । जोमसोम र मार्फाका कोशेली घर तथा खुद्रा व्यापारी र जिल्ला बाहिर बेनी, पोखरा, काठमाडौँसम्म आफ्नो बजार व्यवस्था गरी उत्पादन बढाउन स्थानीय महिला सक्षम भएका छन् ।
नेपाली महिला परिवर्तन हुँदैछन् । नेपालमा महिला सशक्तीकरण बढ्दो छ । महिलाको जीवनशैली, कार्यक्षेत्र, कार्यबोझ र कार्यदक्षतामा व्यापक परिवर्तन आएको छ । नेपाली महिला आफ्नो घरभित्रको काम, परिवारको रेखदेख र निर्वाहमुखी खेती प्रणालीबाट माथि उठेर व्यावसायिक कृषि, सेवा, व्यापार, राजनीति, प्रशासनिक, प्राविधिक, शिक्षणलगायत सबै औपचारिक, अनौपचारिक क्षेत्रमा आफ्नो दरिलो उपस्थिति देखाउने क्रम बढ्दो छ तर जबसम्म महिला आर्थिक रूपमा सक्षम हुँदैनन्, तबसम्म आत्मनिर्भर बन्न सक्दैनन् । जब आत्मनिर्भर बन्छन्, तब हरतरहले आफैँमा सशक्त रूपमा अगाडि बढ्न सक्छन् महिला । नेपालको परिप्रेक्ष्यमा कृषि व्यवसायदेखि लिएर हरेक किसिमका उद्योग सञ्चालनमा नलाग्दासम्म महिला आर्थिक रूपमा सक्षम हुन नसक्ने यथार्थता छ । परम्परादेखि नै नेपालको अर्थतन्त्र कृषि र पशुपालनमा आधारित छ किनभने पर्यटन, जलविद्युत् उद्योगधन्दा र अरू व्यवसायको थप सम्भावना हँुंदाहुँदै पनि अपेक्षित रूपमा ती क्षेत्रको विकास हुन सकेको छैन । रोजगारीको माध्यम र अवसरको कमीले गर्दा युवाजमात विदेश पलायन हुन पुगेको छ, जसमा महिलाको सङ्ख्या पनि त्यत्तिकै रूपमा विदेशिने प्रचलन बढेको छ । बाँकी जनशक्ति कृषि र पशुपालनमै आश्रित छन् र यसलाई राम्ररी विकास गर्ने हो भने कृषि र पशुपालनले देशको अर्थतन्त्रमा टेवा पु¥याउन सक्छ, यस्ता व्यवसायमा पनि महिलाको महŒवपूर्ण हात रहने गरेको छ ।

 

 प्रकाशित मिति: २०७४/५/२८

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना