• ७ वैशाख २०८१, शुक्रबार

स्याङ्जामा कांग्रेसको अग्रता

blog

अर्जुन काफ्ले 

स्याङ्जा, मङ्सिर ६ गते । स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले झिनो मतान्तरले अग्रता लिनुभएको छ । पाँच हजार ६३३ मत गणना हुँदा थापाले दुई हजार ४५५ मत हात पार्नुभएको छ भने नेकपा एमालेका नारायण मरासिनीले दुई हजार २५५ मत हात प्राप्त गर्नुभएको हो । 

तेस्रो स्थानमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले ४७३ मत प्राप्त गर्नुभएको छ । यस्तै, समानुपातिकमा भने नेकपा एमालेले एक हजार ६६५ मत ल्याउँदै अगाडि रहेको छ भने नेपाली कांग्रेसले एक हजार ४०२, स्वतन्त्र पार्टीले ८२०, माओवादी केन्द्रले २९३ मत प्राप्त गरेको छ ।

प्रदेशसभा 'क' मा नेकपा एमालेकी सिता सुन्दासले गठबन्धन माओवादी केन्द्रकी अमृता थापालाई ७८८ मतले पछाडि पार्नुभएको छ । सुन्दासले दुई ६५१ मत ल्याउनुभएको प्रदेशको समानुपातिकमा नेकपा एमालेले एक हजार ८०५ मत ल्याउँदा नेपाली कांग्रेसले एक हजार ७९२, माअ‍ेवादी केन्द्रले १६३ मत ल्याएको छ । 

पुतली बजार नगरपालिका १,२,७ र ८ वार्डको मात्र मत गणना भइरहेको छ । यहाँ क्षेत्र नं १ मा ७१ हजार २७३ मत खसेको छ भने प्रदेश कमा ३३ हजार १९८ र खमा ३८ हजार ७५ मत खसेको छ ।