• ५ वैशाख २०८१, बुधबार

पाँचथरमा कांग्रेसको अग्रता

blog

नारायण तुम्बापो

फिदिम, मङ्सिर ६ गते । पाँचथरमा प्रतिनिधि सभातर्फको मतगणनामा अगाडि रहेका एमाले उम्मेदवार वसन्तकुमार नेम्बाङलाई पछि पार्दै गठबन्धनका कांग्रेस उम्मेदवार भीष्मराज आङ्देम्बे आउनुभएको छ । 

पाँच हजार ५७ मतगणना हुँदा भीष्मराज आङ्देम्बेको दुई हजार दुई सय २० मत रहेको छ भने वसन्तकुमार नेम्बाङको दुई हजार ८५ मत आएको छ । नेम्बाङ पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुनुहुन्छ भने आङ्देम्बे कांग्रेसको बहाल सह-महामन्त्री रहनुभएको छ । उहाँहरू २०७४ को प्रतिनिधिसभातर्फकै प्रतिद्वन्द्वी उम्मेदवारसमेत हुनुहुन्छ । 

पाँचथरमा रहेका प्रदेशसभा ‘क’ र ‘ख’ को पनि मतगणना भइरहेको छ । ‘क’ मा नेकपा एसका उम्मेदवार कमलप्रसाद जवेगु दुई हजार ६१५ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका राजकुमार भण्डारीले दुई हजार ७४ मतले पछ्याउँदै हुनुहुन्छ । 

त्यसैगरी ‘ख’ मा नेकपा माओवादीका इन्द्रबहादुर आङ्बोको दुई हजार ५८१ मतले अगाडि हुनुहुन्छ भने उहाँसँगको प्रतिस्पर्धात्मक मत एमालेका अइन्द्रसुन्दर नेम्बाङको दुई हजार ४४० आएको छ । केही समय अगाडिको अइन्द्रको अग्रता इन्द्रबहादुरले उल्ट्याउनु भएको हो । 

प्रदेशअन्तर्गत ‘क’ को पाँच हजार ५५८ र ‘ख’ को छ हजार १५१ मत गणना हुँदासम्म उल्लेखित नतिजा प्राप्त भएको हो । जवेगु र आङ्बो गठबन्धनका उम्मेदवार हुनुहुन्छ । यहाँको मतगणना हुने क्रम जारी छ ।