• १५ चैत २०८०, बिहिबार

झापा-४ मा एमालेको अग्रता

blog

मतगणना हुँदै ।

लीलाराज खडका 

बिर्तामोड, मङ्सिर ६ गते । झापा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै नेकपा एमालेका लालप्रसाद साँवाले अग्रता बनाउनुभएको छ । एमालेका साँवाले चार हजार २०४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाल  सुस्केराले चार हजार १७० मत ल्याएर पछ्याईरहनुभएको छ । एमालेका साँवाले ३४ मतको झिनो अन्तरले पछ्याइरहनुभएको हो । 

यसअघिका सबै मत परिणाममा एमालेका साँवालाई स्वतन्त्र पार्टीका ढकालले पछि पार्दै आउनुभएको थियो । यस क्षेत्रमा नेपाली कांग्रेसका झापा जिल्ला सभापतिसमेत रहनुभएका देउकुमार थेबे भने निक्कै पछाडि रहनुभएको छ । थेबेले दुई हजार ४६७ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार रहनुभएकी क्रस खुकुरीकी खुश्बु ओलीले २२१ मत ल्याउनुभएको छ । 

झापा ४ मा हाल १२४०८ मत गणना भइसकेको निर्वाचन आयुक्त प्रकाश गौतमले जानकारी दिनुभयो । झापा ४ मा १ लाख २३ हजार १ सय २४ मतदातामा ७९ हजार ३ सय ४९ मत खसेको थियो । झापा ४ मा ६ जना स्वतन्त्रसहित १८ उम्मेदवार निर्वाचनमा सहभागी हुनुभएको छ ।