• १६ चैत २०८०, शुक्रबार

पाँचथरमा कांग्रेसका आङदेम्बे अगाडि

blog

राधा लुइटेल

फिदिम, मङसिर ६ गते । पाँचथरको प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेले अग्रता लिनुभएको छ । उहाँ आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका भीष्मराज आङदेम्बेलाई १ सय ३५ मतले पछाडि पार्दै पहिलो पटक अगाडी बढ्नुभएको हो । 

हालसम्म आङदेम्वेले २२२० मत पाउनुभएको छ भने नेम्वाङले २०८५ मत पाउनुभएको छ ।

योभन्दा अगाडि वसन्त नेम्वाङको अग्रता रहेको थियो । ७४ हजार ८ सय ९८ मत खसेको छ । जसमध्ये हालसम्म ५ हजार ५७ मत गणना भएको छ ।

यस्तै, जिल्लाको प्रदेश सभा २ मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका इन्द्रबहादुर आङवो अग्रस्थानमा हुनुहुन्छ । उहाँले २५८१ मत प्राप्त गर्दा एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई २४४४ मत प्राप्त भएको छ । यस प्रदेशमा ३७ हजार ७ सय १५ मत खसेकोमा हालसम्म ६१५१ मतगणना भएको छ ।

यता प्रदेशसभा १ मा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका कमलप्रसाद जवेगु अग्रस्थानमा हुनुहुन्छ । जवेगुले २६१५ मत पाउँदा एमालेका राजकुमार भण्डारीले २०७४ मत पाउनुभएको छ । यस प्रदेशमा कुल ४० हजार १ सय ८६ मत खसेकोमा हालसम्म ५५५८ मत गनिएको छ ।