• १५ चैत २०८०, बिहिबार

उदयपुरमा डा.खड्का रायमाझीको अग्रता

blog

भक्तिविलास पोखरेल 

गाईघाट, मङ्सिर ६ गते । उदयपुरमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदको मत गणना जारी रहेको छ । गणनाको पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका उम्मेदवार डा.नारायण खड्का नेकपा एमालेकी उम्मेदवार मञ्जुकुमारी चौधरीभन्दा २२८ मतले अगाडि हुनुहुन्छ ।

सदरमुकाम गाईघाटस्थित त्रियुगा नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा भइरहेको गणना अनुसार निर्वाचन क्षेत्र नम्बर १ को चार हजार ९५० मत गणना गर्दा डा. खड्काले दुई हजार १०८ मत पाउनुभएको छ भने चौधरीले एक हजार ८८० मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवकुमार रायमाझीले १९१ मत मात्र प्राप्त गर्नुभएको उदयपुरका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनुभयो । उहाँका अनुसार क्षेत्र नम्बर १ को त्रियुगा नगरपालिका प्रदेश सभा (ख) क्षेत्रमा पाँच हजार ४१४ मतगणना गर्दा नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्की नेकपा एमालेका ईश्वरमणि राउतभन्दा ५२५ मतले अगाडि हुनुहुन्छ।

कार्कीले दुई हजार चार सय ४९ मत प्राप्त गर्नुभएको छ भने  राउतले एक हजार ९२४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुवेदीले जानकारी दिनुभयो । त्यसैगरी क्षेत्र नम्बर १ को चौदण्डिगढी र वेलका नगरपालिका रहेको प्रदेशसभा (क) क्षेत्रमा चार हजार २९५ मत गणना गर्दा नेकपा एमालेका कुशलबाबु बस्नेतले एक हजार ६५५ र नेकपा माओवादीका एक हजार ६१४ मत प्राप्त गर्नुभएको मत प्राप्त गर्नुभएको छ ।

उता क्षेत्र नम्बर को कटारीमा भइरहेको मत गणनाको पछिल्लो विवरण अनुसार प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका उम्मेदवार अम्बर रायमाझीले अग्रता लिई रहनुभएको छ । २० हजार ८८६ मत गणना गर्दा रायमाझीले सात हजार २६०, नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडाले छ हजार ५३ र स्वतन्त्र रामकुमार राईले चार हजार ६२२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताउनुभयो ।