• १६ चैत २०८०, शुक्रबार

नेदरल्यान्ड्सको सुखद सुरुवात

blog

सेनेगललाई हराएपछि नेदरल्यान्ड्सका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, मंसिर ६ गते । नेदरल्यान्ड्सले कतार विश्वकप २०२२ मा सुखद सुरुवात गरेको छ । अल थुममा रङ्गशाला सोमबार राति भएको समूह  ‘ए’ अन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सले सेनेगललाई २-० गोलले हरायो ।

नेदरल्यान्ड्सको जितमा कोडी गाक्पोले र डेभि कलासेनले गोल गर्नुभयो । दुवै गोल दोस्रो हाफमा गरेको नेदरल्यान्ड्सका लागि ८४औँ मिनेटमा गाक्पोको गोलका अग्रता लियो । गाक्पोले फ्रांक डी जोङको लामो पासमा हेड गोल गर्नुभएको थियो ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा डेभि क्लासेन रिवाउन्डमा गोल गर्दै टोलीलाई जिताउनुभयो । मेम्फिस डिपायको सुरुवाती प्रहार विपक्षी गोलरक्षकले फर्काएको बललाई क्लासेनले सोझी जाली चुमाउनुभयो ।

प्रतिस्पर्धात्मक पहिलो हाफमा दुवै टोलीले राम्रा अवसर गुमाएका थिए । दोस्रो हाफमा सेनेगलले लय गुमाउँदा अन्तिममा नेदरल्यान्ड्सले बाजी मारेको हो ।

जितसँगै नेदरल्यान्ड्सले तीन अङ्क बनाएको छ । यस समूहमा इक्वेडरको पनि तीन अङ्क छ । इक्वेडरले पहिलो खेलमा आयोजक कतारलाई २-० गोलले नै स्तब्ध बनाएको थियो । एजेन्सी