• ११ असोज २०८१, शुक्रबार

लमजुङमा एमालेको अग्रता

blog

बेलिना थापा

लमजुङ, मङ्सिर ६ गते । लमजुङमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङकै अग्रता कायम छ । १७ हजार ९ सय २८ मतगणना गर्दा एमालेका गुरुङले ९ हजार १ सय ९ मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी) केन्द्रका देवप्रसाद गुरुङले ७ हजार २०० मत पाएका छन् ।

पृथ्वीसुब्बा गुरुङले देवप्रसाद गुरुङलाई एक हजार ९०९ मतले पछि पारेका हुन् । 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्मराज केसीले ७७१ मत पाएका छन् । मङ्गोल नेशनल अर्गनाइजेशनका विकास गुरुङले १ सय ६५ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले १ सय ३१ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टीका नरेन्द्रबहादुर गुरुङले २६ मत ल्याएका छन् । 

आमूल परिवर्तन मसिहा पार्टीका नन्दजङ गुरुङले १२ मत ल्याएका छन् । नेपाली कांग्रेस बीपीका लक्ष्मीकान्त पौडेलले ६ मत प्राप्त गरेका छन् । नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापति र राप्रपा नेपालका टकबहादुर गुरुङले ४/४ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार चन्दन बस्यालले ३ मत प्राप्त गरेका छन् । 

बिहान ३ बजेदेखि स्थगित गरिएको मतगणना कार्य पुन ७ बजेबाट सुरु भएको हो ।