• ८ वैशाख २०८१, शनिबार

म्याग्दीमा कांग्रेसका गर्बुजाकाे अग्रता

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, मङ्सिर ६ गते । म्याग्दीको प्रतिनिधि सभा सदस्य पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका खमबहादुर गर्बुजाले ३ हजार ८ सय ७ मत प्राप्त गरी अग्रता हासिल गर्नुभएको छ । मङ्गलबार बिहानसम्मको मतगणना परिणाम अनुसार गर्बुजाले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई १६३ मतले पछाडि पार्नुभएको हो । 

एमालेका उम्मेदवार श्रेष्ठले तीन हजार ६ सय ४७ मत प्राप्त गर्नुभएको छ । सोमबार साँझबाट थालिएको मतगणनामा धवलागिरि गाउँपालिकाका सबै वडा र मालिकको १ र २ नं वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  

यस्तै, प्रदेशसभा क्षेत्र नं २ तर्फ नेकपा एमालेमा उम्मेदवार यामबहादुर गर्बुजाले तीन हजार ७ सय ९५ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार रेशम जुग्जालीले ३ हजार ५ सय ७१ मत प्राप्त गर्नुभएको छ । 

एमालेका गर्बुजा माओवादीका जुग्जालीभन्दा २ सय २६ मतले अगाडि हुनुहुन्छ । प्रदेश सभातर्फको पनि मतगणना धवलागिरि गाउँपालिका सकिएर मालिकाको १ र २ नं वडा सकिएको छ । र मालिका गाउँपालिकाको मतगणना जारी छ ।  मतगणनाको अवस्था हेर्दा म्याग्दीमा प्रतिनिधिसभातर्फ कडा प्रतिस्पर्धा देखिएको छ ।