• ७ वैशाख २०८१, शुक्रबार

डडेल्धुरामा प्रधानमन्त्री देउवा झण्डै तीन हजार मतले अगाडि

blog

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

पुष्कर भण्डारी 

डडेल्धुरा, मङ्सिर ६ गते । डडेल्धुरा जिल्लाको प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुई हजार ९४८ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ । अहिलेसम्म १० हजार ३७८ मत गणना हुँदा उहाँले पाँच हजार ३८९ मत प्राप्त गर्नुभएको छ । 

उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार ५७१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले एक हजार ५७१ मत पाउनु भएको छ भने ६५६ मत बदर भएका छन् ।