• ७ वैशाख २०८१, शुक्रबार

इलाम क्षेत्र २ मा गणना थालियो, अर्कोमा सुरु हुँदै

blog

इलाम क्षेत्र २ को मतगणन थालिँदै । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, मङ्सिर ५ गते । इलाम क्षेत्र नं. २ मा एकै पटक चार समूहमा मतगणना थालिएको छ । प्रतिनिधिसभाका प्रत्यक्ष र समानुपातिक दुवैको र यसै क्षेत्रको प्रदेशसभा २ को पनि प्रत्यक्ष–समानुपातिक दुवैको मतगणना थालिएको हो । 

  करिब २ बजे सदरमुकामस्थित सिटीहलमा क्षेत्र २ को मतगणना थालिएको छ । क्षेत्र १ को गणना भने फिक्कलस्थित सूूर्याेदय नगरपालिका भवनमा केहीबेरमा सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

इलाम क्षेत्र १ मा पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालसमेत उम्मेदवार हुनुुहुन्छ । खनालको मुख्य प्रतिस्पर्धा नेकपा (एमाले) जिल्ला अध्यक्ष महेश बस्नेतसँग हुने अनुमान गरिएको छ । एक लाख नौ हजार ५३५ मतदाता रहेको क्षेत्र १ मा ५९ हजार एक सय ३६ मत खसेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्क छ । 

नेकपा (एमाले) उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ इलाम प्रतिनिधिसभा क्षेत्र २ का उम्मेदवार हुुनुुहुन्छ । नेम्बाङसँग गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काको मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । इलाम क्षेत्र २ मा कुल एक लाख १५ हजार ३४२ मतदाता रहेकामा ६९ हजार ४८१ मत खसेको कार्यालयले जानकारी दिएको छ ।