प्रहरीको सक्रियताले ठूलो परिमाणमा गाँजा सहित पाँच तस्कर पक्राउ

धीरेन्द्रप्रसाद साह राजविराज, मंसिर १९ गते । लामो समयदेखि सप्तकोशी नदीलाई प्रयोग गरी भारततर्फ भइरहेको अबैध गाँजा तस्करी कार्य नियन्त्रणमा प्रहरीले सक्रियता बढाएकोछ । 

प्रहरीले गरेको निगरानीको कारण सप्तकोशी नदी अन्तर्गत सप्तरीको भारदह– १ स्थित बगर क्षेत्रबाट ढुङ्गामा भारततर्फ लैजादै गरेको ठूलो परिमाणको गाँजा सहित पाच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मध्ये तीन जना नेपाली र दुई जना भारतीय नागरिक रहेको छ भने दुई जना फरार भएका छन् ।
यसरी पक्राउ पर्नेहरुमा भारदह गाविस १ वस्ने ३४ वर्षीय इन्द्र नारायण माझी, भारदह– १ कै २० वर्षीय सुवास मण्डल, भारदह –६ वस्ने २४ वर्षीय रामेश्वर मेहेता, भारत विहार सुपौल जिल्ला बनिनिया गाउँ वस्ने ३२ वर्षीय उमेश साह र सुपौलको भपटियाही वस्ने ३० वर्षीय रविन्द्र यादव रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट सात पोका गरी एक क्वीन्टल ७२ किलोग्राम गाजा बरामद गरेको छ । बरामद गाँजा र पक्राउ परेका तस्करहरुलाई जिल्ला प्रहरीमा सार्वजनिक गर्दै प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक केदार ढकाल एक महिना अघि सो क्षेत्रबाट गाँजा तस्करी भइरहेको सूचना प्राप्त भएलगत्तै थालिएको अभियान बल्ल सफल भएको बताउनुभयो ।
जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय भारदहको संयुक्त सादा पोशाकका प्रहरी टोलीले गाँजा तस्कर भएर लागेपछि उनीहरुलाई समातिन सफल भएको प्रनाउ ढकालले जानकारी गराउनुभयो ।
घटनामा संलग्न पक्राउ परेका व्यक्तिहरुलाई बिहीबार म्याद थप गराई आवश्यक अनुसन्धान प्रक्रिया थालिएको जानकारी दिदै उहाले उनीहरु उपर लागू पदार्थ ओसार पोसार मुद्दा चलाइने बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना