• १२ वैशाख २०८१, बुधबार

हाम्रो सम्पदा

भक्तजनको दुःख हटाउने मन्दिर देवीथान (फोटो फिचर)

blog

चितवन, मंसिर ३ गते । चितवनको कुचकुचे मध्यवर्ती सामुदायिक वनको मध्य भागमा रहेको देवीथान मन्दिरको दर्शनले भक्तजनको दुःख हट्ने विश्वास गरिदैआएको छ ।  मन्दिर नेपाली शैलीमा निर्माण गरिएको छ । 

पर्यटकीय स्थल सौराहादेखि करिब आठ किलोमिटर पूर्व रहेको सो मन्दिरमा भक्तजनहरूको घुइचाे लाग्नेगरेको छ । स्थानीय एकबहादुर गुरुङका अनुसार जङ्गलमा घाँस, दाउरा बटुल्न जाँदा दुधाखिरी बोटमुनी भारी बिसाउनेक्रममा बासमती चामल पकाएको वासना आएको थियो । 


घर आउँदा सोही रात सपनामा देवी बास गरेको देखेको र झाँक्री गुरौलाई हेराउँदा सो ठाउँमा देवी बास गरेको देखेकाले, उक्त ठाउँमा तान्त्रिक विधिद्वारा दुधाखिरीको बोटमुनि ढुङ्गा राखी पूजा गर्दैआइरहेको उहाँले बताउनुभयो । 

घना जङ्गलको मध्य भागमा अवस्थित देवीथान मन्दिरमा दैवीय शक्ति रहेको स्थानीय बयोबृद्धहरुको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र, खगेन्द्रमल्ली उपभोक्ता समितिका संयोजक एवम् देवीथान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीका अनुसार करिब ७० वर्ष पुरानो मन्दिरमा भक्तजनको घुइँचो लाग्छ ।


विशेषगरी मन्दिरलाई स्थानीय थारु समुदायले अत्यधिक मान्ने गर्छन् । चैत नवमीका दिन यस मन्दिरमा विशेष पूजा हुने गर्छ । आफ्ना दुःख कष्ट, पीडा एवम् सन्तान नहुनेहरूको सन्तान हुने पनि जनविश्वास गरिन्छ । जङ्गली जनावरहरूले कुनै दुःख नदेउन् भनेर यस मन्दिरमा भाकल समेत गर्ने गरिएको छ ।