संविधान जारी हुनेमा आशङ्का नगर्न आग्रह

काठमाडौँ, मङ्सिर १८  गते । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले निर्धारित समयमा सहमतिबाट नै संविधान जारी हुनेमा आशङ्का नगर्न आग्रह गर्नुभएको छ । रिर्पोटर्स क्लबमा आज आयोजित कार्यक्रममा अध्यक्ष गच्छदारले दलहरुका बीचमा देखिएका विवादले संविधान निर्माणमा गतिरोध उत्पन्न भएको अहिलेको अवस्थामा हिजो संवैधानिक संवाद तथा सहमति समितिमा दलहरुका बीच भएको सहमतिले संविधान समयमै आउने बताउनुभयो । उहाँले संविधान नल्याइकन राजनीतिक उपलब्धि संस्थागत गर्न नसकिने र संविधानले मात्र मुलुकलाई राजनीतिक स्थिरता र समृद्धिका लागि निश्चित बाटो तयार पार्ने भन्दै सङ्घीय राज्यको सीमाङ्कन र नामकरण जटिल विषय भएकाले त्यसमा दलबीच सहमतिको खाँचो रहेको औँल्याउनुभयो । अध्यक्ष गच्छदारले राज्यको पुनःसंरचना, शासकीय स्वरुप, सङ्घीयता र न्यायप्रणालीमा मधेसी मोर्चाबाट समान धारणा आउने भन्दै त्यसो हुन नसकेमा पनि आफ्नो दलले संविधान निर्माणको कार्यलाई प्राथमिकता प्रदान गर्ने बताउनुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना