• ११ वैशाख २०८१, मङ्गलबार

राप्रपा नेपालका उम्मेदवार कांग्रेस प्रवेश

blog

पार्टी प्रवेशपछि कांग्रेसको सदस्यता ग्रहण गर्दै उम्मेदवार गैरे ।

रेखीराम राना

पाल्पाकात्तिक २८ गते । राप्रपा नेपाल पाल्पाका अध्यक्ष तथा पाल्पा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । राप्रपा नेपाल पार्टीबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार खडानन्द गैरे सोमबार नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको हो ।

कांग्रेसमा प्रवेश गरेपछि आफूले गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने गैरेले बताउनुभयो । कांग्रेसको आदर्शलाई मानेर मेरो समर्थन गठबन्धनका उम्मेदवार सोमप्रसाद पाण्डेयलाई रहनेछ गैरेले भन्नुभयो ।

पार्टी प्रवेश गर्नुभएका गैरेलाई नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले सदस्यता प्रदान गर्नुभयो । कांग्रेसमा प्रवेश गर्नुभएका गैरेलाई उचित जिम्मेवारी दिइने श्रेष्ठले बताउनुभयो ।