• १३ वैशाख २०८१, बिहिबार

हाइटेन्सन लाइन अवरोध गर्ने हाँगा हटाइयो

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २८ गते । विद्युत प्राधिकरणबाट सभागृह हुँदै पद्मोदय मोडसम्म हाइटेन्सन लाइन (उच्च भोल्टेज ट्रान्समिसन लाइन) मा अवरोध गर्ने रुखका हाँगा हटाउन थालिएको छ ।

विद्युत प्राधिकरणको अनुरोधपछि प्राधिकरणसँगै सहकार्य गरेर महानगरको जुद्ध वारुणयन्त्र कार्यालयले हाँगा हटाउन जनशक्ति र उपकरण परिचालन गरेको छ । 

‘‘हाइटेन्सन लाइनमा रुखका हाँगाले छोएर विद्युत् अवरोध भएको उल्लेख गर्दै प्राधिकरणबाट अनुरोध आयो । त्यसपछि काम थालिएको हो, बारुण यन्त्र कार्यालय काठमाडौँका प्रमुख एवं नगर प्रहरी निरीक्षक प्रकाश पण्डित भन्नुहुन्छ, ‘हामीले जोखिमपूर्ण हाँगाहरु काटेर हटाएका छौँ ।’’ 

काटिएका हाँगाहरु वातावरण तथा कृषि विभागका गाडी प्रयोग गरेर व्यवस्थापन गरिएको विभागका प्रमुख सरिता राईले जानकारी दिनुभयो ।