• १३ वैशाख २०८१, बिहिबार

नेप्से परिसूचक १०.५४ अङ्कले गिरावट

blog

काठमाडौं, कात्तिक २७ गते । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १०.५४ अङ्क घटेर १८८३.१६ बिन्दुमा झरेको हो ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.८३ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ०.६८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५८ अङ्कले घटेको छ । आज कोरोबारमा आएका २२५ कम्पनीको २० लाख २८ हजार कित्ता शेयर ७७ करोड ४९ लाख ११ हजार रुपियाँ बराबरको खरिद बिक्री भएको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । गत बिहीवार एक अर्बभन्दा बढीको शेयर कारोबार भएका थियो ।

नेप्सेका १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.६० प्रतिशत बढेको छ । व्यापार उपसमूहको परिसूचक १.४४ प्रतिशत घटेको छ ।

लक्ष्मी इक्वीटि फण्डको इकाईमूल्य ७.९० प्रतिशत बढेको छ । त्यस्तै, मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य ३.७४ प्रतिशत बढेको छ । यता, निर्धन उत्थान लघुवित्तको शेयर मूल्य ६.४० प्रतिशत घटेको छ । आजको कारोबारमा शिवम् सिमेन्ट्सको १० करोड ३९ लाख रुपियाँ  बराबरको शेयर खरिद बिक्री भएको छ ।