बौद्धनाथ स्तूपामा पुस्तकालय खुल्ने

काठमाडौँ, चैत १० गते । बौद्ध साहित्य तथा दर्शनसम्वन्धी अध्ययनका लागि बौद्धनाथ स्तूपा नजिकै पुस्तकालय खुल्ने भएको छ । 

बौद्धनाथ क्षेत्र विकास समितिको व्यवस्थापनका आउँदो नयाँ वर्षबाट सञ्चालनमा आउने सो पुस्तकालयमा बौद्ध धर्म, संस्कृति तथा दर्शनबारे पढ्न तथा अनुसन्धान गर्न सकिनेछ । सो परिसरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको सन्दर्भमा पुस्तकालय उपयोगी हुने समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले जानकारी दिनुभयो ।
पुस्तकालय व्यवस्थापनका लागि समितिले रु १० लाख रकम विनियोजन गरेको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना