• ८ वैशाख २०८१, शनिबार

राष्ट्रसेवक भएर काम गर्नेछु: कुन्तिदेवी पोखरेल

blog

उम्मेदवार कुन्तिदेवी पाेखरेल ।

गाेरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य कुन्तिदेवी पोखरेलले राष्ट्रसेवक भएर काम गर्न आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ ।

काठमाडौं क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनुभएका उहाँले आइतबार शंखरापुर नगरपालिकाको वडा नं. २ मा आयोजित मतदाता भेटघाट कार्यक्रममा आफू नेता बन्नका लागि नभई राष्ट्रको सेवा गर्न उम्मेदवार बनेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “म नेपालमा नेता बन्न होइन । आम मतदाताले जिताउनुभयो भने म राष्ट्रसेवक भएर काम गर्नेछु । तपाईँहरूकै घर आँगनमा आएर काम गर्नेछौँ । यहाँहरूसँग मेरो बरोबर भेटघाट भइरहनेछ ।”

सो क्षेत्रमा आफूले बनाएका योजनाहरूले आम जनताको मन र विश्वास जित्न सफल रहेकाले राम्रा उम्मेदवारलाई भोट हालेर जिताउन उहाँले आग्रह गर्नुभयो ।