• १६ चैत २०८०, शुक्रबार

विश्वकप क्रिकेट फाइनल : पाकिस्तानले इङ्ग्ल्यान्डलाई दियो १३८ रनको चुनौती

blog

तस्बिर : क्रिकबज

काठमाडौं, कात्तिक २७ गते। आइसिसी टी-२० पुरुष विश्वकप क्रिकेटको फाइनलमा पाकिस्तानले इंग्ल्यान्डलाई १ सय ३८ रनको चुनौती दिएको छ। 

टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दा आठ विकेट गुमाएर १३७ रन बनाएको हो। पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोड्दा कप्तान बाबर आजमले ३२, मोहमद रिजवानले १५ रन बनाउनुभयो। 

पाकिस्तानलाई सस्तैमा समेट्न इंग्ल्यान्डका साम करनले तीन विकेट लिनुभयो भने क्रिस जोर्डन र आदील राशिदले दुई दुई विकेट हात पार्नुभयो। भर्खरै इङ्गल्यान्डले जवाफी ब्याटिङ सुरु गरेको छ ।



इङ्गल्यान्ड र पाकिस्तान ३० वर्षपछि विश्वकपको फाइनलमा प्रतिस्पर्धा गर्दैछन्। सन् २००९ र २०१० मा भएको विश्वकपको समूह चरणमा  इङ्गल्यान्डले पाकिस्तानलाई हराएको थियो।

भारतमाथि १० विकेटको सानदार जित निकाल्दै इङ्गल्यान्ड फाइनलमा प्रवेश गरेको हो भने पाकिस्तान न्युजिल्यान्डलाई सात विकेटले हराउँदै फाइनलमा पुगेको हो।