पाँच जिल्लाको विवाद चाँडै मिल्छ

Bimalendra nidhiभक्तपुर, चैत १० गते । भौतिक पूर्वाधार तथा यातायत मन्त्री विमलेन्द्र निधिले पूर्वका तीन र पश्चिमका दुई जिल्लाका विषयमा संविधान निर्माणका क्रममा देखिएको विवाद चाँडै मिल्ने बताउनुभएको छ । 

कटुञ्जे–घट्टेखोला लिफ्ट खानेपानी जलस्रोत समितिले बनाएको छ लाख लिटर पानी अट्ने रिजर्भ ट्याङ्कीको आज यहाँ शिलान्यास गर्दै उहाँले पाँच जिल्लामा सहमति भए अन्य विषयमा सहमति हुने बताउनुभएको हो ।
राज्यः पुनःसंरचनाका क्रममा झापा मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर गरी पाँच जिल्लालाई कुन कुन प्रदेशमा राख्ने भन्ने विवाद छ ।
उहाँले भन्नुभयो, “पाँच जिल्लाको विवाद नमिल्दा सत्ता पक्षले दुई तिहाइबाट अगाडि बढ्न खोज्ने र विपक्षी मोर्चा आन्दोलनमा जाने स्थिति भएको हो । अब यस विषयमा छिट्टै विवाद मिल्ने र वार्ताबाटै सहमति भएर संविधान जारी हुनेछ ।”
संविधान निर्माणको काम सकिएपछि मुलुकले स्थिरता पाउने र भौतिक पूर्वाधारको कामले गति लिने उहाँले बताउनुभयो । कार्यक्रममा सभासद् रामेश्वर ढुङ्गेलले कटुञ्जेलाई खानीपानीको अभाव नहुने गरी पानी उत्पादन र वितरण सुरु भएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुर, खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख आशिष घिमिरे, खानेपानी तथा सरसफाइ कार्यालयका इन्जिनियर नारायण ढुङ्गेललगायतले खानेपानीको अभावलाई पूर्ति गर्न सबै क्षेत्रमा जनता उत्साहित हुनुपर्नेमा जोड दिनुभयो ।

रिजर्भ पानीट्याङ्की शिलान्यास
समितिका अध्यक्ष निशान ढुङ्गेलले रु १४ करोड ५१ लाख ९८ हजारको लागतमा तीन सो रिजर्भ पानीट्याङ्कीनिर्माण हुन लागेको जानकारी दिनुभयो ।
हाल सात लाख लिटर पानी एक हजार ८०० धारालाई वितरण भएकामा अब रिजर्भ ट्याङ्की विस्तार गरेपछि भक्तपुर नगरको १७ नम्बर वडामा समेत वितरण गरिनछ ।
योजनाअन्तर्गत नेपाल सरकारको रु ११ करोड ८१ लाख ६४ हजार र उपभोक्ताको दुई करोड ९५ लाख ४५ हजारको लागतमा आयोजना सम्पन्न हुनेछ । आयोजना आव २०७६÷०७७ सम्ममा सम्पन्न गरी १७ हजार ७७४ जनसङ्ख्या लाभान्वित हुने अनुमान गरिएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना