• १५ चैत २०८०, बिहिबार

नेपाललाई यू–१९ महिला टी–२० विश्वकप आयोजनाको अवसर

blog

काठमाडौं, कात्तिक २७ गते । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई यू–१९ महिला टी–२० विश्वकप आयोजनाको अधिकार प्रदान गरेको छ । आईसीसीले आइतबार सन् २०२७ मा आयोजना हुने टी–२० महिला विश्वकप आयोजनाको अधिकार नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा आयोजना गर्न दिएको हो । 

नेपालले क्रिकेट खेलमा विश्वकप आयोजना गर्ने अवसर पहिलो पटक पाएको हो । आईसीसीले सन् २०२३ देखि यू–१९ महिला टी–२० विश्वकप आयोजना गर्न लागेको हो । पहिलो संस्करणको आयोजना भने दक्षिण अफ्रिकाले गर्दैछ । 

गत जेठ २० देखि २५ गतेसम्म मलेसियामा भएको आईसीसी यू–१९ महिला विश्वकप एसिया क्षेत्रको छनोट खेलमा खराब प्रदर्शन गरेपछि नेपालले पहिलो संस्करण खेल्ने अवसर गुमाएको थियो । सन् २०२५ को यू–१९ महिला विश्वकप आयोजनाको अवसर मलेसिया र थाइल्यान्डले पाएका छन् । 

यसैगरी आईसीसीले सन् २०२४ को यू–१९ पुरुष विश्वकप आयोजनाको अधिकार श्रीलङ्का तथा २०२६ को जिम्बावे र नामिबियालाई दिएको छ ।