• ८ वैशाख २०८१, शनिबार

विश्वकप टी-२० क्रिकेट फाइनल : पाकिस्तान ब्याटिङ गर्दै

blog

काठमाडौं, कात्तिक २७ गते ।  विश्वकप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा इङ्ग्ल्यान्डले टस जितेर फिल्ड रोजेको छ । 

इङ्ग्ल्यान्डले फिल्ड रोजेपछि पाकिस्तानले पहिलो ब्याटिङ सुरु गरेको हो । पाकिस्तान  र इङ्ग्ल्यान्ड  दुवै  दोस्रो पटक विश्वकप उपाधि जित्ने दाउमा छन् ।

इङ्ग्ल्यान्ड र पाकिस्तान ३० वर्षपछि  विश्वकपको फाइनलमा   भिड्दै छन् । सन् २००९ र   सन्  २०१० मा भएको   विश्वकपको  समूह   चरणमा  इङ्ग्ल्यान्डले पाकिस्तानलाई हराएको  थियो ।

इङ्ग्ल्यान्ड र पाकिस्तानबीच  अहिलेसम्म  २८  टी-२०  खेल  भएका  छन् । जसमध्ये    इङ्ग्ल्यान्डले   १८  खेल  जितेको छ । यसरी हेर्दा  पाकिस्तानमाथि इङ्ग्ल्यान्ड  भारी भएको देखिन्छ। भारतमाथि १० विकेटको सानदार जित निकाल्दै इङ्ल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको हो भने पाकिस्तान सेमिफाइनलमा न्युजिल्यान्डलाई सात विकेटले हराउँदै फाइनलमा पुगेको हो ।