• १५ चैत २०८०, बिहिबार

अग्रता बढाउँदै आर्सनल

blog

प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दै आर्सनल र वल्भ्सका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, कात्तिक २७ गते । इङ्लिस प्रिमियर लिगको शीर्षटोली आर्सनलले आफ्नो अग्रता बढाउँदै लगेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले वल्भ्सलाई २–० गोलले हरायो । आर्सनलको जितमा दुवै गोल मार्टिन ओडेगार्डले गर्नुभयो । उहाँले ५४औं र ७५औं मिनेटमा गोल गर्दै आर्सनललाई सजिलै जिताउनुभयो ।

जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले १४ खेलबाट ३७ अङ्क बनाएको छ । आर्सनल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा पाँच अङ्कले अगाडि छ । सिटीको समान खेलबाट ३२ अङ्क पुगेको छ । आर्सनलसँग पराजित वल्भ्स १० अङ्कसहित अन्तिममा छ ।

शनिबार राति नै भएको खेलमा म्यानचेस्टर सिटी ब्रेन्टफर्डसँग २–१ गोलले पराजित भएको हो । सिटीको पराजयले आर्सनललाई थप फाइदा पुगेको छ । सिटीलाई हराएको ब्रेन्टफर्ड १५ खेलबाट १९ अङ्क जोड्दै १०औं स्थानमा उक्लिएको छ । अन्य खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–१ गोलले हराएको छ ।

चेल्सी न्युक्यासल युनाइटेडसँग १–१ गोलले पराजित भएको छ । अन्य खेलमा टोट्टनहामले लिड्स युनाइटेडलाई ४–३, लेस्टर सिटीले वेस्टहामलाई २–०, वर्नमाउथले एभर्टनलाई ३–० र नटिङ्घमले क्रिस्टल प्यालेसलाई १–० गोलले पराजित गरेको छ । एजेन्सी