• १३ वैशाख २०८१, बिहिबार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

blog

प्रतीकात्मक तस्बिर :

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक २७ गते । काठमाडौं महानगरपालिका-११ थापाथलीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । 

बागमती प्रदेश-०२-०१९ प ३१९५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री बारा बरियारपुर घर भएका ४४ वर्षीय रामबाबुप्रसाद कुसवाहाको आइतबार बिहान मृत्यु भएको हो । 

ठक्करबाट गम्भीर घाइते भएका कुसवाहाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको ब्लु क्रस अस्पताल त्रिपुरेश्वरमा उपचार भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।