• १६ चैत २०८०, शुक्रबार

आगेजुङ गुम्बामा आदिवासी सांस्कृतिक नृत्य (फोटो फिचर)

blog

गुम्बामा प्रदर्शन गरिएको शेर्पा समुदायको सांस्कृतिक नाच। तस्बिर : राधा लुइटेल

राधा लुइटेल 

फिदिम, कात्तिक २१ गते। पाँचथर जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र आगेजुङ गुम्बामा शेर्पा, लामा र लिम्बूसहित आदिवासी जनजाति समुदायले सांस्कृतिक लोक नृत्य प्रदर्शन गरेका छन्। कात्तिक शुक्ल पूर्णिमाको अवसरमा हुने वार्षिक कार्यक्रम अनुसार यो गुम्बामा यो साता महोत्सवको झल्को दिनेगरी सांस्कृतिक कार्यक्रम गरिएको हो। 

कार्यक्रममा शेर्पा, लामा, तामाङ, लिम्बू र राईसँगै विभिन्न जातीय संस्कृतिमा आधारित नृत्य प्रस्तुत गरिएको हो। यो गुम्बा २०१५ सालमा स्थापना भएको हो। जहाँ २०५९ सालसम्म बौद्ध शिक्षामा आधारित त्रिपिटक शिक्षा दिइन्थ्यो। द्वन्द्वका कारण बन्द भएको पठनपाठन अझै सुरु भएको छैन। 

गुम्बा क्षेत्रलाई धार्मिक सांस्कृतिक स्थलका रूपमा विकास गर्न यहाँ वार्षिक रूपमा मौन व्रतसँगै नेपाल भारतका बौद्वमार्गीको उपस्थितिमा भेला तथा सांस्कृतिक कार्यक्रम हुँदै आएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष तेन्जिङ लामाले जानकारी दिनुभयो। फालेलुङ गाउँपालिका १ मा पर्ने यो गुम्बाबाट कञ्चनजङ्घा र कुम्भकर्ण जस्ता हिमाल प्रष्ट देखिन्छन्।