• ७ वैशाख २०८१, शुक्रबार

झापा ३ मा जनताको समृद्धिको लडाइँ हो : अध्यक्ष लिङ्देन

blog

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा भद्रपुरमा शनिबार सञ्चारकर्मीसँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन । झापा क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) राप्रपाका तर्फबाट साझा उम्मेदवारका रुपमा लिङ्देन चुना

झापा, कात्तिक २६ गते। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ मा राजतन्त्र र गणतन्त्रबीचको लडाइँ नभएको बताउनुभएको छ।

भद्रपुरमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “राजतन्त्र र गणतन्त्र साधन हो, साध्य होइन, राजतन्त्र र गणतन्त्र दुई भिन्दाभिन्दै बाटो हो, जसको मूल ध्येय जनताको समृद्धिसँग जोडिएको छ।”

राजतन्त्र र गणतन्त्र दुई भिन्दाभिन्दै व्यवस्था भएको उल्लेख गर्दै उहाँले जनताको शान्ति, समृद्धिको चाहनालाई स्थापित गर्न विचारअनुसार आआफ्नो मार्ग पहिल्याएर अघि बढेको बताउनुभयो।

“कसैलाई एउटा बाटो मनपर्छ, कसैलाई अर्कै”, झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका उहाँले भन्नुभयो, “हामी आआफ्नो विचार र आस्था लिएर अघि बढेका छौँ, गन्तव्य सबैको एउटै धेय हो, बाहिर चर्चा भएजस्तो यहाँ राजतन्त्र र गणतन्त्रबीचको लडाइँ कदापि होइन।”

झापा ३ मा एमाले र राप्रपाबीच चुनावी तालमेल जनताको समृद्धिका लागि नै भएको उहाँको भनाइ छ। आफ्नो चुनावी जीत सुनिश्चित भएको उहाँको भनाइ छ। मुलुकमा सुशासन र व्यवस्था परिवर्तनको अपेक्षा राख्ने सबै मतदाताले आफूलाई मतदान गर्ने उहाँले बताउनुभयो।

विसं २०७४ को निर्वाचनमा जितेपछि झापा ३ को विकास र समृद्धिका लागि धेरै काम गरेको उहाँको दाबी छ। “हल्दिबारी, कचनकल लगायतका बासिन्दाले कालोपत्र हेर्न बिर्तामोड र भद्रपुरका केही छिटफुट ठाउँ पुग्नुपर्ने स्थिति थियो”, उहाँले भन्नुभयो, “अहिले गाउँ–गाउँमा कालोपत्र सडक विस्तार भएको छ तर मैले केही गरिन भन्ने भ्रम छरिएको छ।”रासस