• ७ वैशाख २०८१, शुक्रबार

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस : प्रदीप र अभिलाषालाई उपाधि

blog

वीर गणेशमान सिंह राष्ट्रिय टेनिस उपाधिसहित प्रदीप खड्का र अभिलाषा विष्ट । तस्बिर : गणेशमान सिंह फाउन्डेसन

काठमाडौं, कात्तिक २६ गते । प्रदीप खड्का र अभिलाषा विष्टले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत एकलतर्फको उपाधि जित्नुभएको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार पुरुष एकलतर्फ प्रदीप र महिला एकलतर्फ अभिलाषा च्याम्पियन बन्नुभएको हो । 

नम्बर एक खेलाडी प्रदीपले फाइनलमा ऋतिक रानालाई ६-४, ६-४ ले पराजित गर्नुभयो । प्रदीप नवौँ राष्ट्रिय खेलकुदका पुरुष एकलको स्वर्णधारी समेत हुनुहुन्छ । पुरुष एकलमा निशान श्रेष्ठ र प्रणव खनाल संयुक्त तेस्रो स्थानमा रहनुभयो । महिलातर्फ अभिलाषाले फाइनलमा सुनीरा थापालाई ६-२, ७-६ ले पराजित गर्नुभयो । आयिशा डोल्कर गुरुङ र सर्भानी श्रेष्ठ संयुक्त तेस्रो हुनुभयो । 

पुरुष डबल्सको उपाधि ऋतिक राना र निशान श्रेष्ठको जोडीले जित्नुभयो । प्रदीप खड्का र प्रणव खनालको जोडी दोस्रो र सक्षम विक्रम शाह र राजवीर प्रधान तथा केशव प्रसाद गौचन र सौरभ नाथ पन्तको जोडी तेस्रो हुनुभयो । पुरुषको ३५ वर्षमाथिको एकलतर्फको उपाधि कमल बहादुर भण्डारीले जित्नुभयो । जितेन्द्र परियार दोस्रो तथा सन्तोष खत्री र सीमान्त गुरुङ तेस्रो हुनुभयो । 

पुरुषको ४५ वर्षमाथिको एकलको उपाधि महेश श्रेष्ठले हात पार्नुभयो । विमलकुमार गुरुङ दोस्रो तथा रोहित सुनुवार र मनोज विक्रम शाह संयुक्त तेस्रो हुनुभयो । पुरुषकै ५५ वर्षमाथि एकलको उपाधि विमलकुमार गुरुङले हात पार्नुभयो । उत्तमकुमार लामा दोस्रो तथा जीवन घिमिरे र निराजन श्रेष्ठ संयुक्त तेस्रो हुनुभयो । 

पुरुषको ६५ वर्षमाथि एकलको उपाधि विदुर विष्टले जित्नुभयो । ज्ञानेन्द्र मान ताम्राकार दोस्रो तथा हर्क बहादुर गुरुङ तेस्रो हुनुभयो । ३५ वर्षमाथिको पुरुष डबल्सतर्फको उपाधि कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले जित्नुभएको छ । 

सन्तोष खत्री र सीमान्त गुरुङको जोडी दोस्रो हुँदा राजु क्षेत्री र ईश्वर जिसी तथा नरेश बहादुर र विनय मान तुलाधरको जोडी तेस्रो हुनुभयो । पुरुष ४५ वर्षमाथि डबल्सको उपाधि डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले हात पार्नुभयो । सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडी दोस्रो तथा कृष्ण घले र महेश श्रेष्ठको जोडी र शिव सेढाई र हिमाल शाहको जोडी तेस्रो हुनुभयो ।

५५ वर्षमाथि पुरुष डबल्सको उपाधि कृष्ण घले र सुवर्ण धाख्वाको जोडीले हात पार्नुभयो । निरन्जन श्रेष्ठ र राम रानाको जोडी दोस्रो, जीवन घिमिरे र सुदर्शन विष्टको जोडी तथा हिमाल शाह र जोली तारगानको जोडी तेस्रो हुनुभयो । प्रतियोगिता अन्तर्गत नै यू-८ गर्ल्सको उपाधि सारा पन्तले जित्नुभयो । थिया श्रेष्ठ दोस्रो तथा निम्ति कुवर र प्रकृति ज्ञवाली तेस्रो हुनुभयो ।

सोही स्पर्धाको ब्वाइजमा आर्यश राज पौडेलले पहिलो हुनुभयो । सभ्यजंग कार्की दोस्रो तथा आरित मल्ल तथा मेदान्त चालिसे तेस्रो हुनुभयो । यू–९ ब्वाइजमा पनि आर्याशले उपाधि जित्नुभयो । सुजन कुइकेल दोस्रो तथा आरित मल्ल र विश्व विशेष डल्लाकोटी तेस्रो हुनुभयो ।

गर्ल्समा अनुश्री धोजु पहलो, जेनिशा ज्ञवाली दोस्रो तथा सर्भाना गुरुङ र सारा पन्त तेस्रो हुनुभयो । यू–१० को ब्वाइजतर्फ सुजन कुइकेलले उपाधि जित्दा युभेन मान श्रेष्ठ दोस्रो तथा विश्व विश्वास डल्लाकोटी र साम्खा हाङ राई तेस्रो हुनुभयो । यू-१० गर्ल्समा साल्भी शेरचन च्याम्पियन बन्नुभयो ।